काठमाडौँ। अधिबक्ता ध्रुब श्रेष्ठले न्यायपालिका भित्रको बिसंगतिलाई हटाउने नाममा न्यायपालिका कै शाख गिर्ने गरि जे जस्ता सतहि, भ्रामक र मुर्खतापूर्ण कामहरु भैरहेका छन्, यो निन्दनीय र घोर आपत्तिजनक भएको भएको बताएका छन्। सामाजिक संजाल फेसबुक मार्फत आफ्ना कुरा साझा गर्दै उनले यस्तो बताएका हुन्।
उनले लेखेका छन - 'मैले सुने अनुसार ने.बा.ए र स.बा.ए का अध्यक्षज्युहरुले इजलासमा गएर न्यायाधीशहरुलाई इजलास सुचारु नगर्नका लागि दबाब दिनुभएको भनिएको कुरा यदि सत्य हो भने यो हद भन्दा बढी भयो।'
आगाडी लेखेका छन्-,'सर्वोच्च अदालतमा कल्याण श्रेष्ठले गैर संवैधानिक तवरले गरेको ११ जना न्यायधीशको नियुक्ति, दामोदर शर्माका पालामा बल्खु दरबारमा सपथ खाने गरी भएका नियुक्तिहरु, शुशिला कार्कीले न्याय परिषदका दुई जना सदस्यहरुलाइ झुक्याइ उपस्थीत हुन नदिई तत्कालीन मन्त्री वर्षमान पुन समेतको उपस्थितिमा आफ्नो क्वार्टरमा मध्यरातमा ८० जना लाई मिड नाइट जज( mid night judges) को रुपमा गरेको नियुक्ति र त्यसपछि ब्यक्तिगत लाभ र सम्बन्धका कारण अयोग्य र बिबादित अनुहारहरुलाई आपत्तिजनक रुपमा सर्वोच्चमा गरिएको नियुक्ति समेतलाई न्यायपालिका भित्रको विसंगति र भ्रष्टाचारको मुहानको रुपमा पहिचान गरि त्यसको निर्मुलनका लागि प्रधान न्यायाधीशलाई समेत विधिवत कारवाहीको अभियान ने. बा. ए ले चलाओस् भन्ने सल्लाहलाई बेवास्ता गरी केही मुट्ठी भरका सिण्डीकेट संचालक महा-बिद्वान बरिष्ठ वकिलहरुको बन्दुक काँधमा बोकी कानुनी दुनियामा उदेक लाग्दो तवरबाट "प्राकृतिक न्याय र रुल अफ ल" को सिद्धान्त बिपरीत न्याय मन्दिर भित्र "हुल अफ ल " कायम गराउनका खातिर गरिएको हड्तालले जे-जस्तो उद्दण्डता प्रदर्शन गर्यो त्यसका कारण कालो कोट झोलामा लुकाइ बहस हुने बेलामा ईजलाशमा मात्र पहिरीनु पर्ने अबस्था सृजना भएको छ।
उनले अगाडी लेखेका छन-,' ने. बा. ए र यस अन्तर्गतका इकाइहरुका पदाधिकारीहरुलाई विधिको धर्म र प्रकृया बाहिर गै जे मन लाग्यो त्यहि गर्न हामीहरुले पठाएका होइनौं, त्यसअर्थमा अहिले न्यायपालिका भित्रको विसंगतिलाई हटाउने नाममा न्यायपालिका कै शाख गिर्ने गरि जे जस्ता सतही, भ्रामक र मुर्खतापूर्ण कामहरु भइरहेका छन्, यो निन्दनीय र घोर आपत्तिजनक भएको हुँदा सबै साधारण सदस्यहरुले न्यायपालिका भित्रको विसंगतिलाई समुल नष्टगरी यसको शाख बचाउन न्यायपालिक लाई ट्रेड युनियन बनाउने न्याय कर्मिहरुलाई न्यायालयबाट बिस्थापित गराई मातहत अदालतका योग्य र चरित्रवान न्यायाधीशहरुका साथै कानुन ब्यबशायीहरुबाट नयाँ नियुक्तिका लागी कर्म र बचनले लाग्नु पर्ने बेला आएको छ।
आउनुहोस साथीहरु सत्यलाई आत्मसात गरौं, सिण्डीकेट प्रणालिका बिरुद्ध आवाज बुलन्द गरौं र आम संप्रभु नागरिकहरुलाई भ्रममा पार्ने गरी छाता संगठनकै दुरुपयोग र बदनाम गर्ने बार पदाधिकारिहरुको राजीनामा मागौं र तदर्थ समिति गठन गरी वा गर्न लगाइ निकट भबिष्यमा हुने बार निर्कोवाचन जिम्मा लगाऔं।'