कास्कीमा माओवादी वडा अधिवेशन सम्पन्न

कास्की। यहाँका स्थानीय तहका वडामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को वडा अधिवेशन सम्पन्न भएका छन्। पोखरा महानगरपालिका सहित अन्नपूर्ण, मादी, रुपा र माछापुच्छ्रे गाउँपालिकाका ७२ वडा मध्ये अधिकांशमा शनिबार अधिवेशन गरिएको सो पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले जानकारी दिए। उनका अनुसार केही वडामा आन्तरिक तयारी नपुगेकाले अधिवेशन नभएपनि अन्य सबैमा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ। उनले भने,“पार्टी केन्द्रको निर्धारित कार्यतालिका अनुसारनै जिल्लाका स्थानीय तहका वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएका छन्। केहीमा बाहेक अन्यमा नेतृत्व समेत चुनिएको छ। ” 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×