युक्रेनले रुससँगको युद्ध जित्न जित्ने अमेरिकी दाबी

एजेन्सी - युक्रेनले रुससँगको जारी युद्ध जित्न सक्ने र जित्ने अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकनले बताएका छन्। बेलायती सञ्चारमाध्यम बीबीसीसँगको अन्तर्वार्तामा अमेरिकी विदेशमन्त्री ब्लिंकनले युक्रेनले रुसी आक्रमणलाई परास्त गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन्।

युद्ध कति लामो चल्नेछ भन्न सक्ने अवस्था नरहेको बताउँदै उनले युक्रेनको जीत हुनेमा विश्वास रहेको उल्लेख गरे। उनले युक्रेनी नागरिकको प्रतिरक्षा क्षमताको प्रशंसासमेत गरे। उनले भनेका छन्, ‘यदि रुसको चाहना हालको सरकारलाई हटाएर युक्रेनमा आफू अनुकूल कठपुतली सरकार स्थापित गर्ने हो भने चार करोड ५० लाखभन्दा बढी युक्रेनी नागरिकले कुनै न कुनै रुपमा त्यसलाई अस्वीकार गर्नेछन्।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×