काठमाडौंबाट दाङ जाँदै गरेको बस रुपन्देहीमा दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडौं - काठमाडौंबाट दाङ जाँदै गरेको बस रूपन्देहीमा दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् ।

बा.प्र.०३–००१ नम्बरको बस गए राति रुपन्देहीको देवदह नगरपालिका–८ भलुही भन्ने स्थानमा सडकबाट तल खसेको हो ।

घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बसमा ३८ जना यात्रु सवार थिए । प्रहरीले बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई नियन्त्रणमा लिएको छ । घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×