कम्युनिटी शिल्ड फुटबलकाे उपाधि लिभरपुलले जित्याे

काठमाडाैँ - कम्युनिटी शिल्ड फुटबलकाे उपाधि लिभरपुलले जितेकाे छ। किग्ङ्स पावर मैदानमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई ३-१ गोलले हराउँदै लिभरपुलले  कम्युनिटी शिल्ड जितेको हाे।

लिभरपुलकाे जीतमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले १/१ गोल गरेका थिए।

सिटीका जुलियन अल्भारेजले १ गोल फर्काएका थिए। प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको उपाधिका लागि खेल्ने गर्छन्।

गएको सिजनमा सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×