सप्तरीमा जेलरद्वारा नै प्रशासकीय अधिकृतको काम

काठमाडौँ - जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभाव भई काम प्रभावित हुन थालेपछि प्रशासकीय अधिकृतले गर्नुपर्ने नागरिकताको काम अहिले राजविराज कारागारका जेलर सुमन कोइरालाले गर्ने गरेका छन्।

कामु प्रशासकीय अधिकृतका रुपमा उहाँले नागरिकतामा तोक लगाउने, राहदानी सिफारिस गर्ने, प्रतिलिपि बनाउनेलगायतमा अहिले सघाइराखेका छन्। प्रशासकीय अधिकृत किशोर राम विगत १५ दिनदेखि घरायसी कामका लागि बिदा बसेपछि यहाँ कर्मचारीको अभाव देखिएका कारण कारागारबाट नायब सुब्बा(नासु) कोइरालालाई ल्याएर ‘नागरिकता, प्रतिलिपि तथा राहदानीलगायत काम गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×