काठमाडौँ - बलिउडमा हिट फिल्म मध्यको एक हो ‘हेराफेरी’ सिरिज। फिल्मलाई दर्शकले निकै रुचाएका थिए।
सन् २००० मा रिलिज भएको फिल्म हेराफेरी मात्र नभई सन् २००६ मा रिलिज भएको यसको सिक्वेल फिर हेराफेरीलाई समेत दर्शकले रुचाए। प्रियादर्शन निर्देशित फिल्ममा अक्षय कुमार, सुनिल शेट्टी, परेश रावल मुख्य भूमिकामा छन् कमेडी जनराको यो फिल्मलाई दर्शकले निकै रुचाए।
राजु, श्याम र बबुरावको वरपर घुम्ने कथालाई दर्शक पुनः पर्दामा हेर्न आतुर छन्। यद्यपि फिल्ममा आफ्नो क्यारेक्टरलाई लिएर कुनै उत्साह नभएको परेश रावलले बताएका छन्। फिल्ममा बाबूराव गणपतराव आप्टे उर्फ बाबू भैयाको भूमिका निर्वाह गरेका परेशले आफूलाई कुनै उत्सुकता नभएको बताएका छन्। ‘म अहिले आएर त्यही धोती समातेर गर्ने कमेडी गर्न चाहँदिन'। अब त्यो धोती समात्ने र चस्मा हल्लाउने क्यारेक्टर गर्न मलाई मन छैन। यद्यपि पैसाको लागि म काम गर्छु’ उनले भनेका छन्। यसका साथै उनले स्टोरी पनि दमदार हुनु पर्ने बताए।