प्रधानन्यायाधीश जबराको समर्थनमा राजधानी पुगे सर्वसाधारण पीडितहरू

आज मंगलबार पनि नेपाल बारले गरिरहेको प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनको विरोध गर्दै स्वतन्त्रा कानून व्यवसायीले काउन्टर प्रदर्शन गरेको छ। काउन्टर प्रदर्शनमा प्रधानन्यायाधीश जबराको समर्थन गर्दै स्वयं सर्वसाधारण पीडितहरू पनि सहभागी भएका छन्।

आन्दोलनका नाइकेहरूको नियतमा खोट भेट्टाएपछि बहुमत नयायाधीशहरूले इजलास फर्किने निर्णय गरेसँगै बारको आन्दोलन विफल भइसकेको छ। तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदबाट हटाई व्यक्तिगत स्वार्थपूर्तिका लागि बारले अझैपनि अनेक रणनीति अपनाउने कोसिस गर्दै आएको छ व्यक्तिगत स्वार्थपूर्तिका लागि सिङ्गो न्यायालयलाई नै अस्तव्यस्त बनाउँदै आएको पुष्टि भएपछि स्वतन्त्र कानून व्यवसायी एवं सचेत युवाहरूले आज काठमाडौँको माइतीघर मण्डलाबाट कडा विरोध प्रदर्शन गरेका छन्। नयाँबानेश्वरस्थित् होटेल एभरेष्टदेखि शुरू भएको विरोध प्रदर्शन माइतीघरमा पुगेर कोणसभामा परिणत भएको हो। उनीहरुले ‘विधिको शासन कायम गर!’, ‘अदालत बन्द गर्न पाइँदैन!’ 'अदालतमा पस्न नदिने वकील मुर्दावाद!', 'जनताका मुद्दा हेर्नैपर्छ! जनताले न्याय पाउनैपर्छ!', 'नेपाल जननी जिन्दावाद! नेपाली जनता जिन्दावाद!', लगायतका नाराकासाथ सर्वसाधारण पीडि जनताहरूले स्वतन्त्र कानून व्यवसायीको काउन्टर आन्दोलनमा साथ दिएका हुन्। पीडितहरूले आन्दोलनकारीहरूलाई थप किर्ते नगर्न र अदालत बन्द नगर्न चेतावनी दिएका छन्। 

बारको आन्दोलनले हजारौँ जनता न्यायको पर्खाइमा रहेका जनताहरू थप मर्कामा परेको र उनीहरूको मौलिक हकको हनन भइरहेको बताउँदै उनीहरूले तुरुन्तै आन्दोलन फिर्ता लिई न्यायालयलाई शान्तिपूर्ण वातावरणमा फर्काउन पीडितहरूले सुझाव दिएका छन्। आफूहरूको मौलिक हकको हनन भइरहेको हुँदा तत्काल आन्दोलन नरोके आन्दोलनकारीहरूमाथि कडाभन्दा कडा कारबाहीको मागसहित मुद्दा दायर गर्नेसमेत उनीहरूले चेतावनी दिएका छन्।

राज्यले यस विषम परिस्थितमा न्यायपालिकाजस्तो देशको गरिमामय संस्थाको विश्वसनीयता र स्वतन्त्रताको हनन हुन नदिन कदम चाल्नुपर्ने मा राज्य मौन बसेको भन्दै पीडितहरूले गुनासो गरेका छन्। सिन्धुपाल्चोकदेखि काउन्टर प्रदर्शनमा साथ दिन आएका पीडित बिसी पौडेलले भने, 'तपाईंहरूले देखिहाल्नुभएको छ साथीहरू, देशका तत्कालीन प्रधानमन्त्रीले मात्र नभएर राष्ट्रपतिले समेत देश र जनताको हक अधिकारमाथि कसरी दमनको प्रयास गर्नुभयो! त्यस्तो परिस्थितिबाट देशलाई निकाल्ने प्रधानन्यायाधीशको त यतिबेला राजीनामा मागिँदैछ। यिनले कसरी हामी जनतालाई न्याय देलान् साथीहरू?'

स्वतन्त्र कानून व्यवसायीले बारको आन्दोलनविरुद्ध गरेको काउन्टर प्रदर्शनको समर्थन गर्दै सर्वसाधारण पीडित जनताहरू स्वयं आन्दोलनमा सहभागी भएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×