माओवादी केन्द्रीय समितिको सारिएको बैठक शुरू

काठमाडौँ - सत्तारुढ नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ। यसअघि बैठक बिहान ११ बजे बस्ने भनिएको थियो।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आजको बैठक बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बस्दैछ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग सम्झौता एमसिसीका सम्बन्धमा उठेका विभिन्न सवालमा जवाफ दिने कार्यक्रम छ। यस्तै, स्थायी समिति, पोलिटब्यूरो सदस्य चयन र केन्द्रीय समितिमा थप गर्ने सदस्यका बारेमा छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ। बैठक सम्पन्न गरे आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय निकायको निर्वाचनको तयारीमा केन्द्रीत हुने माओवादीको तयारी छ।

गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरेको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×