कम्युनिस्टहरू बीच पुनः एकता हुनैपर्छ: वामदेव गौतम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिस्ट पार्टीहरूबीच पुनः एकता हुनुपर्ने धारणा गरेका छन् । शनिबार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै गौतमले कम्युनिस्ट पार्टीले एकता गर्छौं भनेर आफ्नो प्रस्ताव राख्नुपर्ने बताए ।

राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले कम्युनिस्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताए । उनले जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र भएकाले आफूसँग नलिईकन समाजवाद स्थापना नसकिने बताए ।

“कमसेकम कम्युनिस्ट पार्टीले हामी एकता गर्छौं भनेर आफ्नो प्रस्ताव राख्नुपर्‍यो । हामी एकता गर्छौं । नेपालमा कम्युनिस्ट क्रान्तिकारीहरूको बिचमा एकता हुनैपर्छ । त्यही कम्युनिस्ट पार्टीको घोषणापत्रमा भनेको छ । समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर”, उनले भने, “राष्ट्रियकरण किन गर्ने भन्दा जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र हो । मूल शक्ति हो, मूल उत्पादक साधक हो । त्यो शक्ति आफूसँग नलिईकन समाजवाद स्थापना गर्न सकिँदैन । फेरि पनि कम्युनिस्टहरू बीचको एकता हुनैपर्छ ।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×