वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा अस्ट्रेलिया १६४ रनले विजयी

काठमाडौँ - वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट म्याच घरेलु टोली अस्ट्रेलियाले १ सय ६४ रनले जितेको छ। योसँगै २ खेलको सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ.

पाहुना टोली वेस्ट इन्डिजले भने सिरिजमा हारबाट सुरुवात गर्‍यो। पहिलो खेलमा अस्ट्रेलियाले दिएको ४ सय ९८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३ सय ३३ रनमा अलआउट भएको थियो।

उसका लागि कप्तान क्रेग ब्राथवेटले ११० रन बनाएका थिए। त्यस्तै, रोस्टन चेजले ५५, टेगनराइन चन्द्रपउलले ४५ र अलजारी जोसेफले ४३ रन जोडेका थिए। बलिङतर्फ अस्ट्रेलियाका नाथन लायन एक्लैले ६ विकेट लिएका थिए। त्यस्तै, ट्रभिस हेडले दुई,  मिचेल स्टार्क र जोस हेजलउडले १/१ विकेट हात पारेका थिए।

पहिलो पारीमा ३ सय १५ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो पारीमा २ विकेट गुमाएर १ सय ८२ रन बनाएको अवस्थामा पारी समाप्तीको घोषणा गर्‍यो। जसमा मार्नस लाबुसेनले २०४, स्टिभ स्मिथले अविजित २००, ट्रभिस हेडले ९९ र उस्मान ख्वाजाले ६५ रन बनाएका थिए।

पहिलो पारीमा उसले ५ सय ९८ रन बनाएको थियो। वेस्ट इन्डिजले पहिलो पारीमा २ सय ८३ रन बनाएको थियो। उसका लागि कप्तान क्रेग ब्राथवेटले सर्वाधिक ६४ रन बनाएका थिए।

अस्ट्रेलियाका लागि प्याट कमिन्स र मिचेल स्टार्कले सर्वाधिक ३/३ विकेट लिएका थिए। अस्ट्रेलिया र वेस्ट इण्डिजबीचको दोस्रो टेस्ट ८ डिसेम्बरदेखि सुरु हुनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×