नाडालले जिते २२औं ग्राण्डस्लाम उपाधि

काठमाडौँ - स्पानिस टेनिस स्टार रफायल नाडालले फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमानी २२औ ग्राण्डस्लाम उपाधि जितेका छन्।

३६ वर्षीय नाडालले आइतबार फ्रान्सको पेरिसस्थित रोलान्ड ग्यारोमा भएको वर्षको दोस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगितामा नर्वेका क्यास्पर रुडलाई ६-३, ६-३, ६-० ले सहजै पराजित गरेका थिए। जितसँगै उनले यस वर्षको दोस्रो र समग्रमा १४औं पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन्।

नाडालले यस वर्ष अष्ट्रेलियन ओपनको उपाधि जितिसकेका छन्। फ्रेन्च ओपन च्याम्पियन बनेपछि नाडालले रोजर फेडेरर र नोभाक जोकोभिच भन्दा दुई ग्राण्डस्लाम उपाधि बढी जितेका छन्।

उपाधि जितेपछि उनले भनेका छन्, ‘भविष्यमा के हुन्छ भन्ने मलाई थाहा छैन तर मैले लडाइँ जारी राख्नेछु।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×