प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल साउन २९ देखि

काठमाडौँ - नखिपोट युथ क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ्ग कप बास्केटबल प्रतियोगिता गर्ने भएको छ।

ललितपुरको नखिपोटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ्ग कप बास्केटबल प्रतियोगिता गर्ने बारेमा जानकारी गराएको हो।

क्लबले लिग कम नकआउट फर्म्याण्टमा हुने प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ८ वटा टोलीको सहभागिता रहनेछ। प्रतियोगिता अन्तर्गत पुरूष र महिला दुवै विधाको विजताले नगद ५० हजार पुरस्कार प्राप्त गर्नेछन् भने उप-विजेताले २५ हजार र तेश्रो हुनेले १५ हजार पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको फाइनल खेल भदौ ४ गते हुनेछ। प्रतियोगिताका सबै खेल नखिपोट युवा क्लबको कभर्डहलमा खेलाइनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×