काठमाडौँ - अस्ट्रेलियाका कप्तान आरोन फिन्चले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन्। फिन्चले शनिबार एकदिवसीय अन्तर्राष्ट्रियबाट संन्यास घोषणा गरेका हुन्।
उनले आइतबार हुने न्युजिल्याण्डविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलपछि संन्यास लिने बताएका छन्। घरेलु मैदानमा हुने न्युजिल्याण्डविरुद्धको खेल फिन्चको १४६ औं एकदिवसीय अन्तर्राष्ट्रिय हुनेछ।
३६ वर्षीय फिन्च टी-२० मा भने कप्तान नै रहने छन्। उनले घरेलु मैदानमा आयोजना हुने विश्वकपमा अस्ट्रेलियन टोलीको नेतृत्व गर्ने छन्।
सन् २०१३ मा श्रीलंकाविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय करिअर सुरु गरेका फिन्चले हालसम्म यो शैलीका १४५ खेलमा १७ शतक र ३० अर्धशतकसहित ५४०१ रन प्रहार गर्दा ४ विकेट पनि हात पारेका छन्।