मानव बेचबिखन तथा ओसार पसार र ज्यान मार्ने उद्योग मुद्दामा फरार यादव पक्राउ

रौतहट - लामो समयदेखि फरारको सूचिमा रहेका रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं.४ सरुअठा बस्ने सुरेन्द्र राय यादव पक्राउ परेका छन्।

मानव बेचबिखन तथा ओसार पसार र ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीद्वारा शुक्रबार पक्राउ गरिएको हो। अभियुक्तलाई आवश्यक कारबाहीको लागि  जिल्ला अदालत गौरसमक्ष पेस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×