बागमती प्रदेश सभापतिमा देउवा पक्षका इन्द्र बानियाँ विजयी

काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।

आइतबार भएको दोस्रो चरणको मतदानमा बानियाँ १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई पराजित गर्नुभएको हो । केसीले ९२७ मत प्राप्त गरेका छन् । 

बानियाँलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो । केसीलाई भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले समर्थन गरेको थियो । 

बागमती प्रदेश सभापतिमा निर्वाचित बानियाँ बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता र मकवानपुर जिल्ला सभापति समेत हुन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×