दीपिका पादुकोण ‘सिंघम-३’मा अनुबन्धित

काठमाडौँ - बलिउडमा रोहित सेट्टीको कप युनिभर्स फिल्मको निर्माण तीव्र गतिले भइरहेको छ। फिल्म निर्माता र अजय देवगणले चाँडै अर्को नयाँ श्रृंखला ‘सिंघम अगेन’मा सहकार्य गर्दैछन्।

तरण आर्दशले गरेको ट्वीटअनुसार अजयले आफूले निर्देशन गर्ने फिल्म ‘भोला’को छायांकनपछि सिंघमको तेस्रो शृंखलामा कमब्याक गर्नेछन्। फिल्म ‘सर्कस’को गीत लन्च कार्यक्रममा बोल्दै रोहितले चाँडै ‘सिंघम अगेन’को छायांकन गर्ने घोषणा गरेका छन्।

उनले नायिका पनि निश्चित गर्दै दीपिका पादुकोणलाई अनुबन्धित गरिएको जानकारी दिएका थिए। रोहितले भने, ‘मान्छेलाई कहीं न कहींबाट थाहा हुन्छ। म आफैं भन्छु। हामीले जुन फिल्म बनाउन गइरहेका छौं त्यो सिंघम ३ हो। सबैले धेरैपटक सोध्ने गरेका छन् कि हिरोइनको हुन्छ? आज म सबैको सामु भन्छु-हिरोइन दीपिका पादुकोण हुनेछिन्।’

रोहितले दीपिकालाई कप युनिभर्सकी लेडी कप भएको समेत बताएका छन्। सन् २०२३ मा फिल्म छायांकनको तयारी छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×