काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ।
तीन दिने भ्रमणका लागि शुक्रबार भारत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार विहान साढे ११ बजे भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन्। देउवाको मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुनेछ। द्विपक्षीय भेटवार्तापछि नेपाल भारतबीच विभिन्न सम्झौतापत्रहरुमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
त्यसअघि, प्रधानमन्त्री देउवा राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेका थिए।