नेपाली टि-२० लिगमा १५ लाखमा बिके ७ खेलाडी

काठमाडौँ - नेपाल टि-२० लिगको ड्राफ्टमा पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा १५ लाखमा मार्की खेलाडी किनेका छन्।

युवा ओपनर आसिफ शेखलाई पोखरा एभेन्चर्सले किनेको छ। उनी पोखराको मार्की खेलाडीको रुपमा रहेका छन्। अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अलस्टार्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई काठमाडौं कान्तिपुरले किनेको छ।

अलराउन्डर करण केसीलाई फार वेस्टन युनाइटेड, रोहित कुमार पौडेललाई विराटनगर किंग्स र तीव्र गतिका बलर सोमपाल कामीलाई जनकपुर रोयल्सले किनेको छ। त्यस्तै पोखराले शरद भेषवाकरलाई १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। शरद मार्की खेलाडीको रुपमा भने छैनन्।

अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, कुशल भुर्तेल र सुबास खकुरेल भने ए मा बिक्न सकेनन्। त्यसैले उनीहरु बी मा झरेका छन्। अन्य ९२ जनालाई भने भोली ड्राफ्ट हुने भएको छ।

नेपाल टि२-० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुने यसअघि नै सार्वजनिक भएको थियो। प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउन्ड रोबिनको आधारमा हुनेछ। खेल दिउँसो हुनेछ।

प्रतियोगितामा ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेगमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउने छन्। एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी रहनेछन्। डाफ्ट शनिबार गर्ने तयारी गरिएको छ। ड्राफ्ट अन्तर्गत ए ग्रेडमा ६, बी ग्रेडमा २४ र सी ग्रेडमा ३६ खेलाडी हुनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×