काठमाडौँ - नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो।
हिजो ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज घटेर तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।
त्यस्तै, चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ। हिजो तोलाको १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।