प्रधानमन्त्री कप क्रिकेट: ज्ञानेन्द्रको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौँ - यही कात्तिक १३ देखि २६ गतेसम्म आयोजना हुने प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ। बागमती प्रदेश क्रिकेट संघले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टिमको उपकप्तानमा पृथु बास्कोटा छन्।

यस्तै ४ वैकल्पिक खेलाडीको नाम पनि घोषणा गरिएको छ।

समूह बी मा रहेको बागमती प्रदेशले पहिलो खेलमा कात्तिक १३ गते मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लबसँग खेल्नेछ। यस समूहमा लुम्बिनी प्रदेश, मधेश प्रदेश र प्रदेश १ रहेका छन्।

बागमती टिममा: ज्ञानेन्द्र मल्ल( कप्तान), पृथु बास्कोटा (उपकप्तान) रित गौतम, विवेक राना मगर, दुर्गेश थापा (विकेटकिपर), आशुतोष घिरैया  इशान पाण्डे, नन्दन यादव, रामनरेश गिरी, प्रतिश जिसी, रिजन ढकाल,सूर्य तामाङ, तिलक राज भण्डारी, सोनु देवकोटा

वैकल्पिक: गौरव खड्का, गौतम केसी, अशोक पौडेल, रामाशिस महतो

प्रशिक्षक: सासन जंग थापा

म्यानेजर: सुजन महर्जन

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×