काठमाडौँ - प्रि-सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको पिएसजीले तेस्रो जित निकालेको छ। सोमबार भएको खेलमा पिएसजीले जापानी क्लब गाम्बा ओसाकालाई ६-२ अन्तरले पराजित गरेको हो।
पिएसजीको जितमा नेयमारले २ गोल गरेका थिए। यस्तै, लियोनल मेस्सी, केलियन एम्बाप्पे, नुनो मेन्डिस र पाब्लो सरबियाले समान १/१ गोल गरेका थिए।
पहिलो हाफमा ४ गोल गरेको पिएसजीले दोस्रो हाफमा थप २ गोल गरेको थियो। यस्तै, ओसाकाको लागि केइसुके कुरोकावा र हिरोतो यमामीले १/१ गोल गरेका थिए।
यस खेलसँगै पिएसजीको जापान टुर सकिएको छ।