‘वेलकम टु हेम्जाकोट’ लाई उत्कृष्ट नेपाली फिल्म अवार्ड

काठमाडौँ - चौथौ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा नेपाली फिल्म ‘वेलकम टु हेम्जाकोट’ ले उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको छ। शनिबार सम्पन्न महोत्सवमा आफू निर्देशित फिल्मले उत्कृष्ट अवार्ड जितेपछि निर्देशक सरोज पौडेलले सामाजिक सञ्जाल मार्फत खुशी साटेका छन्।

उनले लेखेका छन्, ‘म त सिक्दै छु, राम्रो लेखक अनि निर्देशक बन्न। तर मेरो लेखन तथा निर्देशन रहेको नेपाली फिल्म हेम्जाकोटले नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिबलमा बेस्ट नेपाली फिचर फिल्मको उपाधि जितेको खबर सुनाउन पाउँदा वास्तव मै खुसी छु। मलाइ यहाँसम्म पुर्याउन साथ दिने मेरो घर, परिवार, इष्टमित्र, साथी सङ्गी, मलार्ई भरोसा गर्ने मेरा निर्माता तथा यस फिल्ममा मेहनत गर्ने कलाकार, प्राविधिक सबैको सामूहिक प्रयासबिना सायद सम्भव थिएन।’ उनले अवार्ड आयोजक र जुरी सदस्यलाई समेत धन्यवाद दिएका छन्।

गत २२ मंसिरदेखि सुरु भई ३ दिनसम्म चलेको महोत्सवमा ३४ देशका विभिन्न विधाका ७२ अन्तर्राष्ट्रिय फिल्म तथा नेपालका ३४ फिल्महरू सहभागी थिए। चलचित्र विकास बोर्डमा आयोजित समापन समारोह विभिन्न विधामा उत्कृष्ट राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्मलाई अवार्ड प्रदान गरिएको थियो। महोत्सव नेपाल कल्चर एन्ड फिल्म सेन्टरले आयोजना गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×