बरालिएको बजेट ट्रयाकमा ल्याउने काम भएको छ : स्वर्णिम वाग्ले

काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले बरालिएको बजेटलाई यस वर्ष ट्रयाकमा ल्याउने काम भएको बताएका छन् । संसदमा बजेटमाथिको छलफलका क्रममा सांसद वाग्लेले बजेटले मुलुकको आर्थिक सुधारका आयामहरू खोलेको र यसअघि बरालिएको बजेटलाई यस वर्ष ट्रयाकमा ल्याउने काम भएको बताए ।

आर्थिक सुधारको नयाँ घोषणालाई कार्यान्वयन गर्न नयाँ ढंगले बजेट कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए । सांसद वाग्लेले हरेक वर्ष बजेट बढाउँदै लैजाने र मध्यावधि समीक्षाबाट सुकाउने गर्दा बजेटको विश्वसनीयतामा प्रश्न उठ्ने गरेकाले यसमा विशेष ध्यान दिनुपर्ने धारणा राखे । उनले बजेटको आकार केहि बढेको देखिए पनि जिडिपीको अनुपातमा यस वर्षको बजेट घटेर आएको दावी गरे ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×