वाईसीएल सिन्धुपाल्चोक जिल्ला इन्चार्ज रानासहितको टोली एमालेमा प्रवेश

सिन्धुपाल्चोक - नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल नेपालका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक इन्चार्ज सुरेश राना ‘योगदान’ नेकपा एमाले मा प्रवेश गरेका छन्।

बिहीबार बिहान नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले रानासहितका वाईसिएलका कार्यकर्तालाई आफ्नै निवास बालकोटमा पार्टी प्रवेश गराएका हुन्। चौतारा साँगाचोगगढी नगरपालिका-१३ मा वडा अध्यक्ष छनोटमा एकलौटी गरेको भन्दै युवाहरू असन्तुष्ट थिए।

उनीहरूले उम्मेदवारी मनोनयनका क्रममा विरोध गरेका थिए। चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र र समाजवादीबीच गठबन्धन भएको छ भने एमाले र काग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा छ।

गठबन्धनबाट माओवादी केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा मेयरका उमेदवार छन।भने, एमाले बाट इन्द्रबहादुर नेपाल र काग्रेस बाट केशवराज गिरी मेयरका उमेदवार छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×