काठमाडौँ - फिफा मैत्रीपूर्ण खेलमा इटालीले अल्वानीयालाई ३-१ अन्तरले पराजित गरेको छ। बुधबार राति युरो च्याम्पियन इटालीलाई जिताउन २९ वर्षीय भिन्सेन्जो ग्रिफोले २ गोल गरेका थिए। यसैगरी जिओभानी डि लोरेन्जोले १ गोल गरेका थिए। अल्भानीयाका आर्डिअन इस्माज्लीले १ गोल गरे।
इटाली १-० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको थियो। आर्डिअनले खेलको १६ औं मिनेटमा गोल गर्दै अल्वानीयालाई अग्रता दिलाएका थिए।
२५ र ६४ औं मिनेटमा ग्रिफोले गोल गर्दै इटालीलाई जित दिलाएका थिए। कतार विश्वकपमा भने दुवै टोली बाहिर छन्।