मलाई स्टारडमप्रति विश्वास छैन: अभिनेता धिरज मगर

काठमाडौँ - अभिनेता धिरज मगरले आफूलाई स्टारडमप्रति विश्वास नभएको बताएका छन्। व्यवसाय गर्नका लागि कलाकारको स्टारडम नभइ फिल्म नै राम्रो हुनुपर्ने उनको धारणा रहेको छ।

आइतबार राजधानीमा फिल्म ‘बाबरी’ ले आयोजना गरेको एक कार्यक्रममा मगरले स्टारडम आफूमा नभएपनि ‘बाबरी’ राम्रो बनेकोले दर्शक तान्न सक्ने बताएका छन्। ‘बाबरी मेरो दोस्रो फिल्म हो । यो क्षेत्रमा अझै मैले धेरै सिक्न बाँकी छ’ मगरले भने ‘कलाकारको रुपमा चाहिँ बढी जिम्मेवारी महसुस गर्छु।’

फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाटै अभिनयमा डेब्यु गरेका मगर ४ वर्षपछि फिल्म ‘बाबरी’ मा देखिन लागेका हुन्। ‘इन्टु मिन्टु लण्डनमा’ बाट दर्शकमा राम्रो क्रेज बनाउन सफल मगरको ‘बाबरी’ अगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको छ।

फिल्मको प्रचार अनुसार उनले फिल्ममा गाउँको काजीको भूमिका निभाएका छन्, जसको गेटअप र बोल्ने शैली पृथक रहेको छ। युकेमा हुर्केका धिरजले गाउँले काजीको चरित्रमा आफूलाई दुरुस्त उतार्न सकेका होलान् त?

‘फिल्ममा मेरो क्यारेक्टर म भन्दा विल्कुलै फरक छ। म युकेमा हुर्केकाले गाउँको सानो राजासाहेबको क्यारेक्टर गर्नु भनेको एकदमै चुनौतीपूर्ण थियो’ उनले थपे ‘यद्यपि, कलाकारको रुपमा मैले आफूले आफूलाई एक्सप्लोर गर्न पाएँ र त्यो क्यारेक्टरलाई न्याय गरेको छु जस्तो लाग्छ।’

सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा उनी अभिनेत्री अदिति बुढाथोकीको अपोजिटमा रहेका छन्। फिल्म प्रेमकथामा निर्माण भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×