काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ विरामी हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको छ। एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो तीन बजे बस्ने तय भएको थियो।
एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पतालमा भर्ना हुँदा एन्फा कार्यसमिति बैठक स्थगित भएको हो।
अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी दिएका छन्।