प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार  विश्वासको मत लिने भएका छन्।

एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिन लागेको बताए।

ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर भोलिपल्ट सपथग्रहण गरेका थिए।

संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्री ओलीले साउन ६ गते सदनमा देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन विश्वासको मत माग्ने तयारी गरेका छन्।

यसैगरी एमालेले सत्तापक्षको मूख्य सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ । प्रधानमन्त्री ओलीले बुधबार पत्र थमाउँदै बर्तौलालाई उक्त जिम्मेवारी दिएका हुन् । बर्तौलाले अब संसदमा एमालेसहित कांग्रेस, जसपाको समेत मूख्य सचेतकका रुपमा भूमिका खेल्नेछन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×