'सम बहादुर'मा विक्कीसँग दंगल अभिनेत्री

भारत। बलिउड अभिनेता विक्की कौशल केहि समयदेखि आफ्नो विवाहका चर्चामा रहेका छन्। अब उनी विवाहको तामझामबाट बाहिर निस्किएर आफ्नो काममा फर्किएका छन्। यसैबिच सोमबार विक्कीले आफ्नो आउँदो चलचित्र 'सम बहादुर' बारे जानकारी दिएका छन्। चलचित्रमा दंगल अभिनेत्री सान्या मलहोत्रा र फातिमा साना सेखको प्रवेश भएको छ। यो चलचित्र 'छपाक' चलचित्रकी निर्देशक मेघन गुलजारको निर्देशनमा बन्नेछ। विक्कीले सामाजिक सञ्जालमा एक तस्विर राख्दै यो करको जानकारी दिएका हुन्। तस्विरमा सान्या, फातिमा र मेघना गुलजारका साथमा विक्कीलाई देख्न सकिन्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×