मलेसियामा कोभिड संक्रमण बढ्यो, ६ हजारभन्दा बढी संक्रमित, १२ को मृत्यु

काठमाडौँ - मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ। यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ। यहाँका अधिकारीहरुले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुने गरेको पनि बताएका छन्। उनीहरुका अनुसार गएको २४ घन्टा यतामात्र यहाँ ६ हजार ६९ जना संक्रमित भएको पाइएको छ।

यहाँ अहिलेसम्ममा ४४ लाख भन्दा बढी संक्रमित भएका छन् भने ३५ हजार जना भन्दा बढीको कोभिडका कारण ज्यान गएको छ। यहाँ कोभिड संक्रमण बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले जनस्वास्थ्यका मापदण्डहरूको पालनामा पनि कडाइ गरेका बताइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×