रावललाई देउवाको प्रश्न, 'उसबेला दिमाग खुस्क्याथ्यो, मन्त्रीबाट राजीनामा दिनुपर्दैन?


काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीका बारेमा एमाले सांसद भीम रावलले गरिरहेको विरोधको जवाफ दिएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र रावल रक्षामन्त्री भएको मन्त्रिपरिषद् बैठकले एमसिसी संसदमा पेस गर्ने निर्णय गरेको र यतिबेला भने सोही कार्यको विरोध गरेको भन्दै प्रधानमन्त्री देउवाले कडा प्रतिक्रिया दिएका हुन्। नुवाकोटस्थित किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा आज प्रधानमन्त्री देउवाले भनेका छन्, ‘आफै रक्षामन्त्री भएको क्याबिनेटबाट पास गरेर एमसिसी पारित गर्न संसदमा ल्याउने, अहिले किन टाउको दुख्यो? उसबेला दिमाग खुस्क्याथ्यो? त्यो बेला किन विरोध नगरेको? राजीनामा गर्नुपर्दैन, लाज छैन?’

रावलप्रति कडा रुपमा प्रस्तुत भएका प्रधानमन्त्री देउवाले एमसिसी संसदबाट पास गर्नुपर्छ भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा पेस गरेका समय रावल स्वयं रक्षामन्त्री भएको स्मरण गराएका हुन्। उनले थपेका छन्, ‘आफै पास गर्ने, मन्त्री हुने, राजीनामा किन गर्नुभएन? के हेरेर बसेका थिए? उनले राजिनामा गर्नुपर्थ्यो।’

रावलले अहिले विरोध गर्नुको तुक नभएको बताउँदै बरु दुईथरी कुरा गरिरहँदा लाज मान्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×