कामपा प्रमुखका उम्मेदवार सिंहद्वारा मतदान

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छन् । नेपाली कांग्रेसका उम्मेदवार उन्ले कामपा–१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी हुन् ।

मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उन्ले काठमाडौँको फोहरमैला व्यवस्थापन, ट्राफिक जाम हटाउने र सुरक्षित सहर बनाउने आफ्नो प्रतिबद्धता रहेको बताइन् । 

कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्रबाट  मतदान गरेका छन् ।  मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उन्ले लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन महत्वपूर्ण भएकाले आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताई आग्रह गरे । उनले भने “ गठबन्धन देशको आवश्यकता हो ।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×