बार अध्यक्ष श्रेष्ठमाथि गालि बेइज्जतीकाे मुद्दा दायर

काठमाडाें । काठमाडाैं जिल्ला अदालतमा नेपाल बार एसोसिएसनका अधक्ष्य चण्डेश्वर श्रेष्ठलाई गालि बेईज्जती सम्बन्धि मुद्दा दायर भएको छ । जिल्ला अदालतमा १०० ग्रुपका अध्यक्ष बब्लु गुप्ताले गाली बेइज्जती मुद्दा दायर गरेको हो ।

गुप्ताले आफ्नो समूह काठमाडाैं महानगरपालिकामा र जिल्ला प्रशासन कार्यालय, काठमाडाैंमा दर्ता भएको सामजिक संस्था भएको र संस्थाले संस्थाको उद्देश्य बमोजिम काम गर्दै आइरहेको जनाएको छ । संस्थामा हजारौ युवाहरु आवद्ध रहेको समेत जानकारी गराएको छ ।

सर्वोच्च अदालत ठप्प हुँदा न्याय प्राप्त गर्ने सेवाग्राहीलाई अन्याय भएकोले सर्वाेच्च अदालतका इजलाश सूचारु गराउने उद्देश्यले दबाब सिर्जना गर्न शन्तिपूर्वक सडकमा आएकोमा नेपाल बारका पदाधिकारीहरु मध्ये चण्डेश्वर श्रेष्ठ, ईश्वरी प्रसाद भट्टराई र लिलामणी पौडेलले समेत प्रेस विज्ञप्ती जारीगरी अत्यन्त तल्लो स्तरमा झरी गाली यस संस्था र संस्थासंग आवद्द व्यक्तिहरुको इज्जतमा धक्का पुर्याउने नियतले जानिजानि प्रत्यक्ष रुपमा यस संस्थाको ख्यातिलाई होच्याई सार्वजनिक रुपमा वेइज्जति गरेकोले मुद्दा दायर गरिएको बताइएकाे छ ।
हेराैं, यस्ताे छ दायर मुद्दाकाे फिराद पत्र :

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×