काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारी साधनलाई जोरबिजोर प्रणाली लागू गरेको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीव्र गतिमा फैलिरहेको भन्दै रोकथाम गर्न काठमाडौं, ललितपुर र भक्तपुर तीन वटै जिल्लामा यो प्रणाली लागू गरेको हो।
जोर बिजोर प्रणाली लागू गर्न बिहीबार आदेश जारी गरेकोमा शुक्रबार प्रशासन कार्यालयले थप स्पष्ट पारेको हो। कार्यालयले अत्यावश्यकीय क्षेत्र र सेवाका लागि भने जोर–बिजोर प्रणाली लागू नहुने स्पष्ट पारेको हो।
यी हुन् जोर–बिजोर प्रणाली लागू नहुने सवारी साधन
-औषधि एवं स्वास्थ्य सामग्री बोकेको सवारी साधन,
-एम्बुलेन्स,
-दमकल,
-शववाहन,
-ग्यास, पेट्रोलियम पदार्थ,
-खाद्यान्न,
-दुग्धजन्य पदार्थ,
-फलफूल, तरकारी,
-पानी,
-अन्डा,
-माछामासु,
-पशुपंक्षीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी,
-सरकारी सवारीसाधन,
-कुटनैतिक नियोगका सवारीसाधन ।
यद्यपि यस्ता सवारी साधनमा चालक र सहचालकमात्रै रहनुपर्नेछ।
परिचयपत्रको आधारमा आवतजावत गर्न पाउने
-बैंक, बीमा, बित्तीय संस्था,
-वायुसेवा कम्पनी,
-डाक तथा कुरियर सेवा,
-दूर सञ्चार सेवा प्रदायक निकायका कर्मचारीहरू ।
यसैगरी पत्रकार तथा संचारकर्मीहरूले सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन्।