काठमाडौँ - अण्डमान र निकोबार द्वीपमा शनिबार बिहान भूकम्पको तीब्र झट्का महसुस भएको छ।
नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार भूकम्पको तीब्रता ६.१ मापन गरिएको छ। भूकम्पको केन्द्र क्याम्पबेल खाडीबाट ४३१ किलोमिटर टाढा थियो। भूकम्पको गहिराई जमिनबाट ७५ किलोमिटर मुनी थियो। भूकम्पको झट्का तीब्र थियो तर यसले कुनै पनि खालको क्षती पुर्याएको खबर छैन।
चिलीमा पनि भूकम्पको तीब्र झट्का
दक्षिण अमेरिकी देश चिलीमा पनि शनिबार बिहान भूकम्पको झट्का महसुस भएको छ। नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्प बिहान करिब साढे चार बजे आएको हो।
भूकम्पको केन्द्र धर्तीबाट करिब १० किलोमिटर मुनी थियो। भूकम्पको केन्द्र राजधानी सेन्टियागोको दक्षिण–दक्षिण पूर्वमा करिब ९७९ किलोमिटर टाढा थियो।