आगामी तीन दिन देशका यी नदीमा बाढीको जोखिम

काठमाडौँ - आगामी तीन दिन देशका अधिकांश नदीमा बहाव बढ्ने भएको छ। पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्ला भई बहने ससाना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा बस्नेले सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ। 

आगामी तीन दिन प्रदेश १,  बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानमा रहेका खहरे खोलामा पनि पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता हपनाउन महाशाखाले आग्रह गरेको छ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×