काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आगामी कार्यकालका लागि मिश्रित उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुँदा अधिकांश पदाधिकारीमा कमल थापा प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् ।
यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् । खुल्लातर्फ धवलशमशेर राणा र भुवन पाठक महामन्त्रीमा विजयी भएका छन् ।