सुर्खेतमा छायांकन गरिएको ‘म कमरेड’ ढाका अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा छनोट

काठमाडौँ - सुर्खेत जिल्लाका विभिन्न ठाउँमा छायांकन गरिएको ‘म कमरेड’ लघु फिल्म ‘ढाका अन्तराष्ट्रिय फिल्म फेष्टिभल’ मा छनोट भएको छ। निर्देशक निर्मल पौडेलद्धारा निर्देशित उक्त लघु फिल्म विशेषगरि जनयुद्धसँग सम्बन्धीत रहेको छ। फिल्मको लेखन पनि पौडेलले नै गरेका हुन्।

१० वर्षे जनयुद्धमा होमिएका १ पूर्व लडाकुको खाडीमा मुत्यू भइसकेपछिको अबस्था फिल्ममा समेटिएको छ। करिब १४ मिनेटको उक्त फिल्ममा मुख्य कलाकारको रुपमा सुरबिना कार्की, वरिष्ठ कलाकार प्रेम देव गिरी लगायत छन्। कोरोनाका कारण गरिएको लकडाउनको समयमा उक्त फिल्म छायांकन गरिएको थियो।

सुर्खेतका बराहताल, चेपाङ गाउँमा छायांकन गरिएको पौडेल बताएका छन्। उनले भने,‘ आफ्नै अगाडि देखेको, भोगेको घटना भएकाले त्यसलाई थिममा प्रयोग गरेर सर्ट फिल्म बनाउने मन थियो, सोही अनुसार उक्त फिल्म निर्माण गरिएको हो।’

एउटा आम मानिस जो कमरेड भएर जनयुद्धमा सहभागी हुन्छ र देशमा गणतन्त्र आएपछि आफ्नो परिवारको मजबुरीको लागि खाडी मुलुक श्रम गर्न जान्छ। एउटा टाईम एण्ड फ्रेमको यात्राको कथा हो,’ उनले भने।  १४ मिनेटको फिल्ममा छोरा गुमाइसकेका बुवा, पति गुमाएकी पत्नीको शोक, पीडाको भाव समेटिएको छ। कथा कफिनमा फर्किएका छोराको शवलाई अँध्यारो रातमा घर लिएर जाँदै गरेको दृश्यबाट सुरु हुन्छ।

कथाका पात्र अठोट हुन्छन्। उनको शव मसानघाट बोकेर हिँड्दै गर्दा बुवाको अनुहारमा गहिरो चिन्ता देखिन्छ। सोही भाव उनको पत्नीमा समेत देखिन्छ। उजाडिएको अनुहार र शान्त रोदनले उनीभित्रको पीडा झल्किन्छ। छोटो समयमै छोराको मृत्युले ब्याकुल बुवा अनि शोकाकुल पत्निको पीडालाई ‘म कमरेड’ मा देखाइएको छ।

काफिया मिडिया सेन्टर र निर्मल पिक्चर्सको ब्यानरमा बनेको फिल्मको निर्माता गणेश कन्चन भारती, रिता पौडेल, नरहरि पौडेल र कार्यकारी निर्माता धिरेन चन्द रहेका छन्। ओस्कार इन्टरनेशनल कलेजमा फिल्म अध्ययन गरेका निर्देशक निर्मलले यसअघि ‘गाजलु’, रोमियो एन्ड मुना, अहो चौका दाउ नामक गीतमा समेत निर्देशकको रुपमा काम गरिसकेका छन्।

‘म कमरेड’ यसअघि ‘१३ औं सिकागो साउथ एसियन फिल्म फेस्टिभल’मा समेत छनोट भएको भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×