काठमाडौँ - बलिउड अभिनेता आमिर खानको फिल्म लाल सिंह चड्ढा रिलिज हुनु अघि नै बहिष्कारमा परेको छ। लाल सिंह चड्ढा अगस्ट ११ मा सिनेमा घरमा रिलिज हुँदै छ। रिलिज हुनुअघि नै सामाजिक सञ्जालमा प्रयोगकर्ताले फिल्म बहिष्कार गर्न माग गरिरहेका छन्।
अहिले बायकाँटलालसिंहचड्ढा पनि ट्विटरमा लगातार ट्रेन्डिङमा रहेको छ। आमिरले फिल्ममा हिन्दू संस्कृतिको अपमान गरेको प्रयोगकर्ताहरूले आरोप लगाएका छन्।
तर कुनै पनि चलचित्र रिलिजअघि बहिष्कारमा परेको यो पहिलो पटक भने होइन। यसअघि पनि शाहरुख खान, रणवीर सिंह जस्ता सेलिब्रेटीको फिल्म सामाजिक सञ्जालमा बहिष्कार भइसकेको छ। तर, यसपछि पनि ती फिल्महरू बक्स अफिसमा हिट साबित पनि भएका छन्।