काठमाडौँ - फिफाले डेनमार्कलाई कतारमा हुने फिफा विश्वकप फुटबलको अभ्यासका क्रममा मानवअधिकार-समर्थित जर्सी लगाउन रोक लगाएको छ।
डेनमार्कले फिफासँग अभ्यासका क्रममा मानवअधिकार-समर्थित जर्सी लगाउन दिनका लागि अनुरोध गरेपछि फिफाको सो निर्णय आएको बीबीसीले जनाएको छ।
डेनमार्कले टिमका खेलाडीहरुले अभ्यासका क्रममा लगाउने जर्सीमा ‘ह्युमन राइट्स फर अल’ नारा लेख्न पाउने कि नपाउने भनेर फिफासँग माग गरेको थियो।
तर फिफाले भने यस्ता नारामाथि भने प्रतिबन्ध लगाएको छ।