काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले मानविकी सङ्कायले गत वर्षकै प्रश्नपत्र हुबहु दोहोर्याएपछि छानबिन गर्ने भएको छ ।
मानविकी सङ्कायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहोर्याएपछि त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्रा. डा. कुसुम शाक्यले उक्त सम्बन्धमा छानबिन गर्ने बताए ।
साठी पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सबै गत वर्षमा नै सोधिएका प्रश्नपत्रसँग हुबहु मिलेको छ ।
“के कारणले गत वर्षको प्रश्नपत्र दोहोरियो भन्नेमा हामी छानविन गर्दछौँ”, उनले भने, “भविष्यमा यस्ता गल्ती नदोहोरिने गरी हामी अगाडि बढ्छौँ ।”