पोर्चुगिज रामोस बने कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलाे खेलाडी

काठमाडौँ - स्ट्राइकर गोन्कालो रामोस कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिककर्ता बनेका छन्। पोचुगल २१ वर्षे युवा स्ट्राइकर जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन्।

बेन्फिकाबाट व्यवसायीक फुटबल खेलिरहेका रामोसको यो पहिलो विश्वकप हो। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विस्थापित गर्दै प्लेइङ सेटमा स्थान बनाएका रामोसले ७४ मिनेट मैदानमा रहँदा ३ गोल गरेका थिए।

बुधबार राति युरोपेली प्रतिद्धन्द्धी स्विट्जरल्यान्डलाई ६-१ ले पराजित गर्दै पोर्चुगल कतार अन्तिम ८ मा प्रवेश गरेको छ। दोहास्थित लुसेल आइकोनिक रंगशालामा रामोसले ह्याट्रिक गर्दा पेपे, राफेल गुइमारेज र राफयल लिआओले १-१ गोल गरका थिए।

रामोसले १७औं मिनेटमा जोआवो फेलिक्सको पासमा पहिलो गोल गरेका थिए। रामोसले डिएगो डालोटको पासमा दोस्रो व्यक्तिगत गोल ५१औं मिनेटमा गरे। रामोसले ६७औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए।

रसिया विश्वकप २०१८ मा २ ह्याट्रिक भएका थिए। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इंग्ल्यान्डका ह्यारी केनले ह्याट्रिक पुरा गरेका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×