भारतीय चर्चित गायक भूपिन्दर सिंहको निधन

काठमाडौँ - भारतीय चर्चित गायक भूपिन्दर सिंहको निधन भएको छ। ८२ वर्षीय भूपिन्दरको मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो। 

भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार उनको सोमबार साँझ निधन भएको हो। कोभिड-१९ को कारण भूपिन्दरको निधन भएको उनकी श्रीमती मिताली सिंहले बताएकी छिन्।

गायक भूपिन्दरले बलिउडका थुप्रै गीतमा आवाज दिएका छन्। उनको निधनप्रति बलिउड कलाकारहरूले दुःख व्यक्त गरेका छन्।

उनले 'दिल ढूँढता है, बिती न बिताई रैना, नाम गुम जाएगा, जिन्दगी मेरे घर आना, सैयाबिना घर, एक एकेला इज शेहेर मे, किसि नजर तेरी याद नाआए, करेगे याद तो हर, आज बिछ्डे हे' लगायत गीतहरू गाएका छन्।

nic
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×