कास्की - कास्कीको पोखरा महानगरपालिका–१४ चाउथे कदममार्गस्थित खाजा घरबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खाजा घर सञ्चालक धादिङको गल्छी गाउँपालिका–२ घर भएका २९ वर्षीय सानुबाबु तुलाचन छन्।
आरोपीको साथबाट १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। खाजा घरमा लागुऔषध बिक्री भइरहेको सुराकको आधरामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले त्यहाँ सर्च गरेको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।