काठमाडाैं । नदी तथा खाेला तर्न विश्वभर विभिन्न नामका पुलहरू बनाइने गरिन्छ । नेपालमा पनि परापूर्वकालदेखि ने विभिन्न रूपमा पुलहरू बनाइने गरेकाे पाइन्छ ।
खाेला तर्नका लागि फड्केकाे निर्माण गरेकाे नेपालकाे इतिहास छ भने प्रविधिकाे विकास भएसँगै आधुनिक प्रविधिका पुलहरू बन्न थालेकाे पाइन्छ । फलामद्वारा निर्मित झाेलुङ्गे पुल र सिमेन्टकाे प्रयाेगद्वारा बनाइने पुल आधुनिक प्रविधियुक्त पुलहरू हुन् ।


