गोकर्णेश्वरमा मतगणना सुरु

काठमाडौँ - गोकर्णेश्वर नगरपालिकामा शुक्रबार रातिदेखि नै स्थानीय तहका जनप्रतिनिधिको मतगणना सुरु भएको छ। नगरपालिकाको वडा नं १ बाट मतगणना सुरु भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिइन्। बिहानसम्म वडा नं १ को ८०० मतगणना सकिएको उनले सुनाए। 

प्रारम्भिक मत परिणामअनुसार नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवारले नेतृत्व लिएका छन्।नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ। ती मध्ये २४ हजार २४२ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो। नगरपालिकामा यसअघि नेपाली कांग्रेसले नगर प्रमुख, उपप्रमुखसहित छ वटा वडामा विजयी हासिल गरेको थियो। 

शुक्रबार भएको मतदानमा वडा नं १ दुई हजार ६७५, वडा नं २ मा दुई हजार २००, वडा नं ३ तीन हजार ३१, वडा नं ४ मा तीन हजार १५९, वडा नं ५ मा तीन हजार ८७७, वडा नं ६ मा तीन हजार ६८६, वडा नं ७ मा एक हजार ३५१, वडा नं ८ मा तीन हजार १५६ र वडा नं ९ मा एक हजार १८८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×