अमेरिकामा पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी

काठमाडौं । अमेरिकामा पहिलो अभ्यास खेल खेलेको नेपाल ६ रनले विजयी भएको छ । आइसिसी टी–२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपालले गए राति ह्युस्टन हुरिकेनलाई ६ रनले पराजित गरेको हो ।

नेपालले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा ह्युस्टनले ८ विकेट गुमाएर १४० रन मात्रै बनायो । नेपालका लागि सोमपाल कामी र करण केसीले २-२ विकेट लिँदा रोहित पौडेल, अभिनाष बोहरा, सागर ढकाल र कुशल भूर्तेलले १-१ विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालका लागि अनिल साहले सर्वाधिक ४७ रन बनाए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×