कांग्रेस महाधिवेशन: जीत सुनिश्चित गरे गगन र विश्वप्रकाशले

काठमाडौँ । नेपाली कांग्रेशको १४औँ महाधिवेशन अन्तरगत महामन्त्रीको मतगणनाबाट गगन थापा र विश्वप्रकाश शर्माको जीत सुनिश्चित भएको छ । 
४३९० मत गणना हुँदा गगनले २८२३ मत प्राप्त गरेका छन् भने विश्वप्रकाश शर्माले १८२४ मत प्राप्त गरेका छन् । गन्न बाँकी मत भन्दा तेस्रो स्थानमा रहेका उमेद्वारसँगको मतान्तर बढी हुनाले थापा र शर्माको जीत सुनिश्चित भएको हो । तेस्रो स्थानमा रहेका प्रकाशशरण महतको १४५५ मत आएको छ भने प्रदिप पौडेलको १३०३ मत प्राप्त गर्दै चौथो स्थानमा छन् । मिनेन्द्र रिजालको ७५३ मत रहेको छ भने डा. राजाराम कार्कीले १०० मत प्राप्त गरेका छन् ।
थापा र शर्माको जीत सुनिश्चित भइ सके पनि आधिकारीक घोषणा भने सम्पूर्ण मत गणना भए पश्चात हुनेछ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×