काठमाडौँ। दक्षिण भारतीय कलाकार प्रभासको चलचित्र 'राधे श्याम' लामो समयको पर्खाइपछी सिनेमाघरमा आएको छ। चलचित्रले भारत र विश्व बजारमा राम्रो कमाई गरेको छ। रिपोर्टक अनुसार, चलचित्रले आंध्र प्रदेश र तेलंगाना बक्स अफिसबाट २८ करोड बटुलेको छ।
अभिनेत्री पूजा हेगडेको यो चलचित्र हिन्दी दर्शकहरुबाट करिब ६ करोड उठाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार राधे श्यामले अमेरिकी बक्स अफिसमा पहिलो दिन १ मिलियन डलर कमाएको छ। चलचित्र राधा कृष्ण कुमारको निर्देशनमा बनेको हो।